नेपालको लगातार दोस्रो हार, समुह चरणबाट नै बाहिरीयो

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल घरेलु टिम बंगलादेशसंग ८३ रनले पराजित भयो ।

कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा नौ विकेट गुमाउदा दुई सय ५७ रन बनायो । नेपालले बंगलादेशको १५ रन हुदा तीन विकेट झारेको थियो । तीनै विकेट अविनाश कर्णले लिएका थिए । त्यसपछि महबुब आलमले नजमुल हुसेन सान्टोलाइ चार रनमा बोल्ड गरेपछि बंगलादेशले ३३ रनमा चार विकेट खेर फालेको थियो ।

तर त्यसपछि बंगलादेको पारीलाई नासिर हुसेन र कप्तान मोमिनुल हकले सम्हाले । उनले पाचौ विकेटका लागि ७८ रनको साझेदारी गरे । मोमिनुल ६१ रनमा सन्दिप लामिछानेको बलमा आउट भए ।

नबौ विकेटका लागि अब्दुल हसन राजु र नासिर हुसेनले ७५ रनको साझेदारी गर्दा नेपालले दुई सय ५८ रनको लक्ष्य पायो । जसमा नासिरले अविजीत एक सय नौ रन बनाए भने राजुले २९ रनको योगदान गरे । नेपालका लागि अविनाश कर्णले तीन तथा सन्दिप लामीछानेले दुई विकेट लिए । जवाफमा नेपालको सुरुवात राम्रो हुन सकेन । कप्तान ज्ञानेन्द्र मल्ल खाता खोल्न नपाउदै आउट भएपछि नेपालले एक रनमा एक विकेट गुमाएको थियो ।

त्यसपछि १२ रन हुदा अर्का ओपनर सुनिल धमला मात्र एक रनमा पेभेलियन फर्किएपछि नेपालले दोस्रो विकेट गुमायो । लगत्तै डेब्युकर्ता आशिफ शेख १२ रनमा आउट हुदा नेपालले १६ रनमा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि अर्का डेब्यु कर्ता दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले ९८ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर दिलीप ४१ रनमा पेभेलियन फर्किएपछि नेपालले चौथो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका शरद भेषवाकर मात्र दुई रनमा बाहिरीएपछि नेपाल फेरी दबाव परयो । एक सय १९ रन हुदा पाचौ विकेट गुमाएको नेपालका लागि अर्धसतक प्रहार गरेका दिपेन्द्रको विकेट झरेपछि संकटमा परयो । दिपेन्द्रले ५६ रन बनाए । त्यसपछि महबुब आलम १० रनमा आउट भएभने विनोद भण्डारीले ३३ रन थपे । जसका कारण नेपाल ४२ ओभर तीन बलमा एक सय ७४ रनमा अलआउट भयो । नेपाललाई कम स्कोरमा रोक्न राहातुल जाभेदले चार तथा सैइफीदुनले तीन विकेट लिए ।

Comments:

comments

Latest News