Nepal Mens

एसीसी इमर्जिङ टिम्स कप, हङकङ सात विकेटले पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपालले सान्त्वना जीत हात पारेको छ । नेपालले आज भएको समुहको आफ्नो अन्तिम खेलमा हङकङलाइ सात विकेटले पराजित गर्दा तीन ब्याट्सम्यानले अर्ध शतक प्रहार गरे ।

कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा अल आउट गुमाउदै दुई सय १४ रन बनायो । बलियो सुरुवात गरेको हङकङले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेको थियो । ज्ञानेन्द्र मल्लले हङकङका दुबै ओपनरलाई पेभेलियनको बाटो देखाए । ५१ रन बनाएका अंशुमान राठ र क्यामरुन मेकल्सनलाई ४३ रनमा पेभेलियन फर्किए ।

हङकङका लागि वाकस खान ३० तथा वाजिद शाह १६ रनको योगदान गरे । पुछार खेलाडी शाहिद वासिफ र इसान खानले आक्रामक ब्याटिङ गर्दै हङकङलाई राम्रो लक्ष्य दिन सफल भए । जसमा वासिफले २२ रन प्रहार गरे भने इसानले १८ रन जोडे । नेपालका लागि अभिनाष कर्णले तीन तथा ज्ञानेन्द्र मल्ल , सुसान भारी र भुवन कार्कीले दुई दुई तथा सन्दिप लामिछाने एक विकेट लिए । जवाफमा दुई सय १५ रनको लक्ष्य नेपालले ४४ ओभर दुइ बलमा तीन विकेट गुमाउदै पुरा ग¥यो । नेपालको पारीमा ज्ञानेन्द्रन मल्लले ७० रनको योगदान दिए ।

अघिल्ला दुइ खेलमा चल्न नसकेका ज्ञानेन्दले हङकङ विरुद्ध भने सुधारिएको ब्याटिङ प्रदर्शन गरे । ८२ बलको सामना गरेका उनले एघार चौका हिर्काएका थिए । यस्तै दिपेन्द्र सिंह ऐरी र शरद भेषावकर क्रमश ६० र ५५ रनमा अजिीत रहे । जारी प्रतियोगितामा युवा खेलाडी दिपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले बंगलादेशको २३ वर्ष मुनिको टिम संग ५६ रन बनाएका थिए ।

यस्तै दिलिपनाथले १२ रन बनाउदा आशिफ शेख आठ रनमा आउट भए । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गत छैटौ चरणको खेलमा नेपालले हङकङ संग उसकै मैद्यानमा खेल्दैछ ।

Most Popular

To Top