Nepal Mens

केन्या विरुद्धको खेलका लागि कप्तान पारस खडका नखेल्ने, खेल ३८ ओभरको हुने

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि कप्तान पारस खडका नखेल्ने भएका छन ।

एपेन्डिक्सको सल्यक्रियाका कारण पुर्ण रुपमा ठिक नभएपनि अन्तिम समयमा पारस नखेल्ने भएका हुन । टिम भारत जानु अघि पारसको पेटमा समस्या आएपनि सल्यक्रिकया गरिएको थियो । यसै विच प्रतियोगिताको पाचौ चरणको खेलका लागि नेपाल आएको केन्या र घरेलु टिम विचको खेल साढे नौ बजेबाट सुरु हुनुपर्ने भएपछि गएराति देखि परेको बर्षाका कारण ढिलो हुने भएको छ । आजको खेलमा सुनिल धमला र दिपेन्द्र ऐरीले डेब्यु गर्नेछन

किर्तीपुर मैदानमा निरन्तर पानी परेकाले अहिले पिचको कर्भर निकालेर मैदानको अवस्था बुझने काम भइरहेको छ भने टस हुन सकेको छैन । खेलका तेस्रो अम्पायर दुर्घा सुवेदीले दुई बजेसम्म कुर्ने यदि सो बेलासम्म पनि खेल्ने अवस्था नभए भोलीका लागि सार्न सकिने जानकारी दिएका छन । खेल हेर्नका लागि दर्शक मैदान जाने क्रम जारी रहेको छ ।

Most Popular

To Top