International News

मार्टिन गुप्टिलको १८० रनको मद्दतमा न्युजिल्याण्ड ७ विकेटले विजयी

दक्षिण अफ्रिका विरुद्धको चौथो एकदिवसिय खेलमा न्युजिल्याण्ड सात विकेटले विजयी भएको छ । जितसंगै न्युजिल्याण्डले पाच खेलका श्रृखला दुई दुईको बराबरीमा पुरयाएको छ ।

न्युजिल्याण्डको ह्यामिल्टन स्थित सेडोन पार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ७९ रन बनाएको थियो । उसका लागि कप्तान एवी डिभिलियर्सले ७२ तथा फा डुप्लिसिसले ६७ रन बनाए । यस्तै वायन पार्नेलले २९ र क्रिस मोरीसले २८ रनको योगदान गरे ।

जवाफमा मार्टिन गुप्टिलको उत्कृष्ट पारीको मद्दतले न्युजिल्याण्डले ४५ ओभरमा मात्र तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । गुप्टिलले एक सय ८० रन बनाए । एक सय ३८ बलमा १५ चौका र ११ छक्काको मद्दतले गुप्टिलले सो रन बनाए । यस्तै रोस टेलरले ६६ तथा कप्तान केन विलियम्सनले २१ रन थपे । पाच रन हुदा पहिलो विकेट गुमाएको न्युजिल्याण्डले ७७ रन बनाउदा दोस्रो विकेट खेर फालेको थियो । तर तेस्रो विकेटका लागि गुप्टिल र टेलरले एक सय ८० रनको साझेदारी गर्दै टिमलँई जित दिलाए । दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले दुई विकेट लिए ।

Most Popular

To Top