पाकिस्तानी व्याट्सम्यान सेहजाद गम्भीर घाइते

वेस्ट ईन्डिजविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानी व्याट्सम्यान अहमद सेहजाद गम्भीर घाइते भएका छन् ।

पोर्ट अफ स्पेनमा बिहीबार भएको खेलको क्रममा उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । वेस्ट ईन्डिजका व्याट्सम्यान चाडवीक वाल्टनसँग ठोक्किंदा उनको घाँटीमा चोट लागेको छ । चौथो ओभरको अन्तिम बलमा वेस्ट ईन्डिजका व्याट्सम्यानलाई रन लिन रोक्ने क्रममा सेहजाद वाल्टनसँग ठोक्किएका हुन् ।
पाकिस्तानले उक्त खेल तीन रनले जितेको थियो ।

Comments:

comments

About the author

News Staff