In Focus

पारस खडका राष्ट्रिय स्वयमसेवक नेपालको सदभावनादुतमा नियुक्त

नेपाली क्रिकेट टिमका कप्तान पारस खडका राष्ट्रिय स्वयमसेवक नेपालको सदभावनादुतमा नियुक्त भएका छन । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा पारसलाई स्वयमसेवक परिचालनका लागि सदभावनादुत बनाइएको हो ।

सिंहदरवार स्थित राष्ट्रिय पुननिर्मँण प्राधिकरणका कार्यालयमा आयोजना भएको कार्यक्रममा पारसलाई सदभावनादुत नियुक्त गरिएको छ । २०७२ सालका महाभुकम्प लगत्तै हिमालयन क्लाइमेट इनिसियटिभ र नेपाल सरकारद्धारा संयुक्त रुपमा गरिएको स्वयमसेवकहरुको आधिकारीक सञ्जाल सुरु गरिएको थियो । जस अन्तर्गत देशभरमा पुर्ननिर्माणका लागि स्वयमसेवक खटाइने गरेको छ । कप्तान पारस खडका सदभावनादुतमा नियुक्त भएपछि देशभरीका एक लाख राष्ट्रिय स्वयमसेवकको सञ्जाल विस्तान गर्ने त्यसमध्येमा २० हजार प्रतिबद्ध राष्ट्रिय स्वयमसेवकलाई कुनैपनि बेला सक्रिय रहेर विभिन्न किसिमका राहत, पुर्नबास र पुर्न निर्माण कार्यमा लाग्न उत्प्ररीत गर्ने बताइएको छ । पारसले राष्ट्रिय स्वयमसेवक नेपालको सदभावनादुत हुन पाउदा खुसी लागेको बताउदै यस पदमा रहेर मैले समाजका विपन्न बर्गाहरुको जीवनमा केहि सकारात्मक सुधार ल्याउने मौका पाउने विश्वास ब्यक्त गरे ।

यो सञ्जालमा रहेका स्वयमसेवकहरु नेपाल सरकार र सरकारका साझेदारहरु र अन्य सामाजिक सस्थाहरुसंग मिलेर विभिन्न सामाजिक बाताबरणीय र आर्थिक विकाशमा काम गर्दछ । ३७ जिल्लाहरुमा आफनो सञ्जाल विस्तार गरिसकेको राष्ट्रिय स्वयमसेवक नेपालले हालसम्ममा छ सय ९६ भुकम्प प्रतिरोधात्मक धरहरु बनाई दुई हजार सात सय ८४ भुकम्प पिडितहरुलाई सुरक्षित आवास, भुकम्पबाट क्षतीग्रस्त क्षेत्रहरुका ११ सय भन्दा बढी गरिव र जेहेन्दार विध्यार्थीलाई सदभाव छात्रबृती र १५ हजार भन्दा बढीलाई राहत सहयोग प्रदान गरेको छ । कार्यक्रममा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले समाजलाई सेव ागर्ने भावना बोकेका सबै युवालाई यो काममा जुटन आग्रह गरे ।

कार्यक्रममा ६ सय ९६ भुकम्प प्रतिराधी घर निर्माण बनाउने काममा नेतृत्वदायी भुमिका गरेका स्वयमसेवक दावा स्टिभेन शेर्पा, अदिती श्रेष्ठ, सौरभ जवरा, आस्था पाण्डे र जेकोब रिन्कलाई सम्मान गरिएको थियो ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top