National News

डिपिएलबाट फर्कदै पारस खडका

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चैत्र २७ गतेदेखि धनगढीमा सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) बाट क्रिकेटमा फर्किने बताएका छन्। गत फागुन पहिलो हप्ता पेटको शल्यक्रियापछि पारसले कुनैपनि खेलमा सहभागिता जनाएका थिएनन्।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको केन्या विरुद्धको खेलको तयारीका क्रममा अचानक पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका खड्काको पेटको शल्यक्रिया गरिएको थियो। त्यसपछि डिपिएलमा उनी झण्डै दुई महिनापछि मैदान प्रवेश गर्न लागेका हुन्।

राजधानीमा आयोजित एक कार्यक्रममा खड्काले ‘अहिले निकै सुधार भइसकेको छ, डिपिएलबाट क्रिकेटमा फर्किन्छु।’ अस्वस्थताका कारण पारसले यस अवधिमा केही दिन अभ्यासमा सहभागिता जनाएपनि प्रतियोगिताहरु खेलेका थिएनन्।

केन्या विरुद्धको खेलअघि नेपाली टोलीको भारत भ्रमणमा उनले सहभागिता जनाएनन्। घरेलु मैदानमा भएको खेलमा खेलेका थिएनन्। त्योसँगै मार्च २५ गते देखि बंगलादेशमा हुने ईमर्जिङ टिम्स् कपमा उनी बिनाकाे नेपाली टाेली त्यसतर्फ प्रस्थान गर्दैछ।

नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली क्रिकेट टिमको नेतृत्व उपकप्तान ज्ञानेन्द्र मल्लले गर्दै आएका छन्। डिपिएलमा पारस टिम चौराहा धनगढीको नेतृत्व गर्दै मैदानमा देखिने छन्।

डिपिएलमा पारस नेतृत्वको धनगढीले चैत्र २९ गते पहिलो खेल शरद भेषवाकर नेतृत्वको विराटनगर किंग्ससँग खेल्दैछ। त्यसअघि चैत्र २७ गते हुने नेपाल ११ र धनगढी ११ बीचको च्यारिटी खेलमा नेपाल ११ को नेतृत्व पारस खड्काले गर्ने सम्भावना प्रबल छ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top