ICC World Cricket League Championship

नेपाल र केन्याको खेलमा वर्षा बाधक

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेल बर्षाका कारण निर्धारीत समय भन्दा ढिलो हुने भएको छ ।

प्रतियोगिताको पाचौ चरणको खेलका लागि नेपाल आएको केन्या र घरेलु टिम विचको खेल साढे नौ बजेबाट सुरु हुनुपर्ने भएपछि गएराति देखि परेको बर्षाका कारण ढिलो हुने भएको छ । किर्तीपुर मैदानमा निरन्तर पानी परेकाले अहिले पिचको कर्भर निकालेर मैदानको अवस्था बुझने काम भइरहेको छ भने टस हुन सकेको छैन । खेलका तेस्रो अम्पायर दुर्घा सुवेदीले दुई बजेसम्म कुर्ने यदि सो बेलासम्म पनि खेल्ने अवस्था नभए भोलीका लागि सार्न सकिने जानकारी दिएका छन । खेल हेर्नका लागि दर्शक मैदान जाने क्रम जारी रहेको छ ।

Latest News

To Top