International News

अफगानिस्तानी क्रिकेट खेलाडी मोहम्मद सेहजाद प्रतिबन्धमा

अफगानिस्तानी क्रिकेट खेलाडी मोहम्मद सेहजाद डोपिङका कारण कारवाहीमा परेका छन । अन्तराष्ट्रिय एन्डी डोपिङ एजेन्सीले प्रतिबन्धको सुचिमा राखेको औषधी प्रयोग गरेको भन्दै सेहजादलाई आइसीसीले प्रतियोगिता खेल्न नपाउने गरी कारवाही गरेको छ ।

वाडाको सहकार्यमा आइसीसीले सेहजादको डोपिङ परिक्षण गर्दा उनी पोजेटिभ देखिएपछि जारी पिएनजी विरुद्धको प्रतियोगिता खेल्न नपाउने भएका छन भने आगामी प्रतियोगिता पनि गुमाउने भएका छन । तर आइसीसीले कति समयका लागि खेलबाट प्रतिबन्ध लगाएको हो भन्ने प्रष्ट पारेको छैन । साल्ट लेक सिटीमा गरिएको परिक्षणमा सेहजादको ब्लडमा क्लेनबुट्रेल नामक पदार्थको मात्रा धेरै रहेको देखाएको थियो ।

२६ तारिख देखि लागु हुनेगरी सेहजादलाई कारवाही गरिएको छ । अफगानिस्तानका आक्रामक ब्याटसम्यान तथा विकेटकिपर सेहजादले अब पाच दिन भित्रमा डोपिङ परिक्षण पुन गराउन अनुरोध गर्न पाउनेछन भने १२ दिन भित्र प्रतिबन्ध विरुद्ध उजुरी हाल्न पाउनेछन । यस्तै यदि १२ दिन भित्रमा उनले प्रतिकार नगरेमा प्रतिबन्धमा पर्नेछन ।

Most Popular

To Top