International News

राजनिती होइन काम, अनि बन्छ क्रिकेट, अफगानिस्तानको योजना

अन्तराष्ट्रिय क्रिकेट इतिहास हेर्ने हो भने अफगानिस्तान नेपाल भन्दा पछि पाइला राखेको देश हो । द्धन्द्धले छियाछिया भएको अफगानिस्तानको क्रिकेट यतिबेला यति माथि पुगिसकेको छ की त्यसको पाठ नेपालले पनि सिक्नुपर्ने भएको छ । पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा नै नेपालले पराजित गरेको अफगानिस्तानलाई हराउन नेपाललाई निकै गाहे हुने अवस्था आएको छ । एकदिवसिय मान्यता पाइसकेको अफगानिस्तान क्रिकेट पदाधिकारीको यतिबेला एउटा मात्र लक्ष्य छ बरीयतामा पाचौ स्थानमा आउने ।

अफगानि क्रिकेट बोर्डका प्रमुख अतिफ मासलले क्रिकइन्फोलाई दिएको अन्तवार्तामा प्रष्ट रुपमा भनेका छन, आफनो टिम बरियतामा पाचौ स्थानमा पुगेको हेर्न चाहन्छु । ४ दशक गृहयुद्धमा होमिएको अफगानिस्तानका जनतालाई एकजुट बनाउन खेलकुद बाहेकको अन्य माध्यम नभएको उनको भनाई छ । त्यसमा पनि क्रिकेटले सबैलाई एक स्थानमा ल्याउन ठुलो मद्दत गरेको र यसलाई अझ अगाडी बढाउने ठोस योजना रहेको उनको धारणा छ ।
अन्तराष्ट्रिय स्तरमा अफगानिस्तान जति राम्रो प्रदर्शन गरिहेको छ त्यहि अनुसारको प्रशासन तयार पार्ने र खेलाडीलाई कुनै किसिमको तनाव नहोस भनेर अफगानिस्तानले ठोस योजना बनाएको छ । यो नेपालमा पनि लागु हुनुपर्ने विषय हो । यस्तै टिमका लागि राम्रो टेक्निकल सपोर्ट गर्न अफगानि क्रिकेटको अर्को योजना हो । फुल मेम्बरसिपको लक्ष्यमा रहेको अफगानिस्तानको तेस्रो लक्ष्य पुर्वाधार विकाश रहेको छ ।

यसका लागि बोर्डले सरकारसंग १० मिलियन अमेरीकी डलरको योजना पेश गरेको छ । आइसीसीबाट आउने बजेट र सरकारी बजेटका आधारमा अफगानिस्तान क्रिकेट बोर्डले पाच वटा क्रिकेट स्टेडियम र पाच वटा राष्ट्रिय क्रिकेट एकेडेमी बनाउने भएको छ । पुर्वाधार विकाशमा पुरुषका लागि मात्र नभएर महिला खेलाडीका लागि पनि अफगानिस्तान लागेको छ । पाच वटा मैदानमा केहि नया हुने र जुन अन्तराष्ट्रिय स्तरको हुने, यसका लागि उनिहरुको मुख्य प्रायोजकले पनि काबुल क्रिकेट मैदानलाई स्तरोउन्नतीका लागि खर्च गर्ने भएको छ । यो मैदानमा महिला दर्शकका लागि छुटै प्याराफिट पनि निर्माण गरिने भएको छ ।
एसोसियट देशहरुमा क्रिकेट मैदान नभएको देश भनेर चिनिने अफगानिस्तानको यो योजना देख्दा लाग्छ नेपालमा क्रिकेट विकाश गर्छु भन्ने ब्यक्तिहरुलाई लाज लाग्नुपर्ने हो । त्यो देशको क्रिकेट बोर्डको मुख्य लक्ष्य नै संघमा राजनितीक हस्तक्षेप नहोस । त्यसैले पनि उनिहरु सरकारसंग सहकार्य गर्ने तर पदाधिकारी राजनिती बाहिरका हुनुपर्छ भन्ने मान्यतामा छन ।

हाल आइसीसी इन्टर कन्टिनेन्टल कप खेलिरहेको अफगानिस्तानको अन्डर नाइन्टिन टिमले इमर्जिङ कपमा भारत जस्तो देशलाई पराजित गर्दै युवा खेलाडीमा कति क्षमता छ भन्ने प्रमाणित गरिसकेको छ । त्यो क्षमता नेपाली खेलाडीमा भएपनि उनिहरुलाई उपयुक्त बाताबरण मिलेको छैन । केहि नया होला र राम्रो होला भन्ने आशामा रहेको नेपाली क्रिकेट खेलाडी कहिले अफगानिस्तान क्रिकेट बोर्डको जस्तो कामगर्ने पदाधिकारी पाउलान ?

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top