सुदुरको सानका रुपमा अघि बढदै डिपिएल, भिडियो सहित

सरकारको प्राथमिकतामा त्यती धेरै नपर्ने सुदुर विकासका हिसावले अरु क्षेत्र भन्दा पछि छ । तर यहि सुदुरपश्चिमको एक जिल्ला कैलालीको धनगढीले भने देशकै ठुलो क्रिकेट प्रतियोगिता आयोजना गरेर सबैको ध्यान खिचेको छ । स्थानिय युवाको सोचबाट सुरु भएको धनगढी प्रिमियर लिग अन्तत सुरु भएको छ ।

पहिलो पटक धनगढीमा राष्टिय स्तरका खेलाडीको खेल हेर्न पाएका दर्शक जति उत्साहित थिए त्यती नै खेलाडी पनि । नेपाल एघार र धनगढी एघार बीचको च्यारिटी खेल संगै डिपिएलको सुरुवात भएको छ । यो खेल पनि क्रिकेटकै अर्को ठुलो सपना संग जोडिएको छ । काठमाण्डौ बाट धेरै टाढा रहेको डिपिएल दृढ संकल्प र लगन भयो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण पनि हो ।

पछिल्लो समय सुदुरपश्चिमबाट राम्रा खेलाडी राष्टिय क्रिकेट टिमले पाइरहेको छ । दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी यिनै क्षेत्रका उत्पादक हुन् । अन्तराष्टिय प्रतियोगितामा समर्थकको उपस्थिती मैदानमा थेगी नसक्नु भएपनि घरेलु प्रतियोगितामा अझै पनि दर्शक आकर्षित हुन सकेका छैनन् । तर डिपिएलमा देखिएको क्रजेले राष्टिय खेलाडी पनि दंग छन । यस्तै स्थानिय खेलाडीले राष्ट्रिय टिम संग प्रतिस्पर्धा गर्दा अझै राम्रो खेलने प्रेरणा मिलेको बताए ।

चर्को घामको प्रवाह नगरी स्थायिन समर्थक राष्टिय क्रिकेट खेलाडीलाइ हेर्न र उनीहरु संग फोटो खिचाउन मैदान पुगेका थिए । यसले धनगढी बासीमा क्रिकेट प्रतिको क्रेज र माया कति छ भन्ने दर्शाउछ ।

डिपिएलको आयोजना भएसंगै धनगढीमा ब्यबसाय पनि निकै फस्टाएको छ । यहाका सवै होटल भरिएका छन । डिपिएल खेलले पनि आफ्नो ठाउको विकास र प्रचार प्रसारमा मदत पुग्ने रहेछ भन्ने चेता समेत दिनुका साथै यसले सरकारलाइ पनि क्रिकेटको विकासमा ध्यान दिन घच्घचाएको छ । यस्तै अन्य क्षेत्रने पनि डिपिएलको सिको गरे नेपाली क्रिकेटको स्तर वृद्धि हुने निश्चित छ ।

Comments:

comments

About the author

News Staff

Latest News