International News Outside Nepal

क्रिकेटमा अनौठो किर्तिमान

बंगलादेशको ढाकामा चलिरहेको सेकेन्ड डिभिजन लिग क्रिकेटको सिटी क्लब क्रिकेट मैदानमा भएको एक्सियोम र लालमटिया क्लबबिचको खेल क्रिकेट इतिहासमै अनौठो घटना भएको छ ।

लालमटियाको तर्फबाट पहिलो ओभर बलिङ गरेका सुजोन महमुदले जम्मा ४ बलमा ९२ रन खर्चिए । जसमा ६५ वाइड रन (१३ वाइड बल) र तीन नोबलमा १५ रन साथै बाँकी १२ रन सहि बलमा आएको थियो ।

५० ओभरको खेलमा पहिले ब्याटिङ गर्दै लालमटियाले १४ ओभरमा ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य एक्सियोम क्लबले ४ बलमै भेट्टायो । तर बलर महमुदलाई बलिङ गर्न नआएर यस्तो खराब प्रदर्शन गरेका भने होइनन् । अम्पायरको निर्णय निकै खराब भएको भन्दै लालमटिया क्लबले विरोध गर्दै यस्तो खेल खेलेका हुन् ।

Comments:

comments

About the author

News Staff

Latest News