Dhangadhi Premier League

काठमाडौ गोल्डेन्सलाइ ६ विकेटले हराउदै चौराहा प्लेअफमा

काठमाडौ गोल्डेन्सलाइ ६ विकेटले हराउदै धनगढी टिम चौराहा धनगढीमा जारी धनगढी प्रिमियर लिगको प्लेअफमा पुगेको छ । अब फाइनल प्रवेशका लागि चौराहाले भोली रुपन्देही च्यालेञ्जर्ससंग खेल्नेछ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौ गोल्डेन्सले २० ओभरमा ६ विकेट गुमाउदै एक सय २३ रन बनायो । राम्रो सुरुवात गरेको काठमाडौले ४१ रन हुदा पहिलो विकेट गुमाएको काठमाडौले थप १९ रन जोडदा पाच विकेट गुमाइसकेको थियो । ओपनर सुविन्दु पाण्डे ११ रनमा पेभेलियन फर्किदा त्यसको लगत्तै क्रिजमा आएका कप्तान बसन्त रेग्मी खाता खोल्न नपाउदै आउट भए । त्यसपछि ओपनर नरेश बुढाऐर २९ रनमा पेभेलियन फर्किए भने सोमपाल कामी ६ रनमा बाहिरीए ।

तर छैटौ विकेटका लागि सुमित महर्जन र रोहित पौडेलले ५१ रनको साझेदारी गर्दै काठमाडौको पारीलाई सम्हाले । जसमा सुमितले ३१ रन बनाए भने रोहितले पनि ३१ रन बनाए । फितलो फिल्डिङ गरेको चौराहाले चार वटा क्याच मिस गर्दा १५ अतिरीक्त रन दिएको थियो । बलिङ तर्फ ललित राजबंसी र अमर रौतेलाले दुई दुई विकेट लिए ।

एक सय २४ रनको लक्ष्य पक्ष्याएको चौराहाले १८ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरे । धनगढीले १२ रनमा पहिलो विकेट गुमाएपनि दोस्रो विकेटका लागि अनिल मण्डल र पृथु बास्कोटाले ६४ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । जसमा पृथु २२ रनमा आउट हुनपुगे । २३ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यसपछि अनिल मण्डल ४४ रनमा आउट हुदा चौराहा बलियो स्थितीमा पुगेको थियो । ४९ बल खेलेका अनिलले पाच चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि सन्तोष भटटको बलमा जीवनदान पाएका कप्तान पारस खडका पनि १२ रनमा आउट हुदा चौराहाले जितको नजिक पुगिसकेको थियो । अन्तिममा आरिफ शेखले सोमपाल कामीको बलमा १७ रन प्रहार गर्दै जित दिलाए । आरिफले अविजीत २२ रन बनाए । बलिङ तर्फ सन्तोष भट्टले दुई विकेट लिए ।

Most Popular

To Top