Dhangadhi Premier League National News

दोस्रो प्लेअफमा धनगढी टिम चौरँहा र रुपन्देही च्यालेञ्जर्स विच प्रतिस्पर्धा

धनगढी प्रिमियर लिगमा आज दोस्रो प्लेअफमा घरेलु टिम धनगढी टिम चौरँहा र रुपन्देही च्यालेञ्जर्स विच प्रतिस्पर्धा हुनेछ । आजको विजेताले उपाधिका लागि विराटनगर किङससंग खेल्नेछ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा हुने खेलले अर्को फाइनलिस्टको छनोट हुनेछ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको रुपन्देही प्लेअफको पहिलो खेलमा विराटनगरसंग पराजित भएको थियो । यता लिग चरणका सुरुवाती तीन खेल हारेर अन्तिम दुई खेलमा राम्रो रन रेटका कारण दोस्रो चरणमा पुगेको चौराहाले इलिमिनेटरको खेलमा काठमाडौ किङसलाई ६ विकेटले हराउदै क्वालिफायरमा पुगेको हो ।

लिग चरणको अन्तिम खेलमा रुपन्देहीलाई नै उत्कृष्ट रन रेटमा हराएकाकारण नै चौराहले अघिल्लो चरणमा स्थान बनाएको थियो । आज रुपन्देहीलाई लिग चरणमा ब्यहोरेको हारको बदला लिने मौका हुनेछ । उत्कृष्ट बलिङ लाइनअप रहेको रुपन्देही र चौराहाको खेल रामोञ्चक हुने अपेक्षा गरीएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News