धनगढी प्रिमियर लिग, दोस्रो प्ले अफमा चौराहाले रुपन्देहीलाई एक सय ७३ रनको लक्ष्य

धनगढी प्रिमियर लिगको दोस्रो प्ले अफमा घरेलु टिम धनगढी टिम चौराहाले रुपन्देही च्यालेञ्जसलाई एक सय ७३ रनको लक्ष्य दिएको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ७२ रन बनायो । चौराहाले २९ रन हुदा पहिलो विकेट गुमायो । आक्रामक सुरुवात गरेका अनिल मण्डल ११ रनमा आउट भए । त्यसपछि चौराहाको स्कोर ४८ र हुदा राजु रिजाल ब्यक्तिगत २५ रनमा आउट हुदा दोस्रो विकेट झरयो ।

तर पृथु बास्कोटा मात्र चार रनमा आउट भएपछि चौराहाले ६७ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आउका आरिफ शेखले कप्तान पारस खडकासंग २९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रया गरेका थिए । तर आरिफ सात रनमा आउट हुदा चौराहाले ९१ रनमा चौथो विकेट गुमायो । पाचौ विकेटका लागि अमरसिंह रौतेला र पारस विच ३८ रनको साझेदारीलाई कृष्ण कार्कीले तोडिदिए । रौतेला १६ रनमा आउट हुदा चौराहाले एक सय २९ रनमा पाचौ विकेट खेर फाल्यो ।

तर त्यसपछि पारस र सौरभ खनाल विच ४३ रनको साझेदारी हुदा चौराहाले बलियो लक्ष्य दिन सफल भयो । जारी प्रतियोगितामा दोस्रो ठुलो स्कोर तयार पार्ने क्रममा चौराहाका लागि कप्तान पारस खडकाले कप्तानी पारी खेले । प्रतियोगितामा पहिलो अर्धसतक पुरा गरेका पारसले अविजीत ६७ रन बनाए । रुपन्देहीका बलर विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको चौराहाले पछिल्लो १० ओभरमा एक सय १२ रन जोडे ।

Comments:

comments

Latest News