विराटनगर किङसको दोस्रो जित, अत्तरीया आठ विकेटले पराजित

डिपिएल अन्तर्गत नै अर्को खेलमा विराटनगर किङसले सिवाइसी अत्तरीयालाई आठ विकेटले हराउदै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

एसएसपी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीया २० ओभरमा ९२ रनमा अलआउट भयो । उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । यसअघि जस्तै आज पनि अत्तरीयाको सुरुवात राम्रो हुने सकेन । १६ रन बनाउदा दुई विकेट गुमाएको अत्तरीयाले ५८ रन हुदा चार विकेट खेर फालेको थियो । त्यसपछि थप १० रन जोडदा उसले अरु दुई विकेट गुमायो ।

त्यसपछि बाकि २४ रन जोडदा अत्तरीया अलआउट हुन पुग्यो । उसका लागि महबुब आलमले २७ तथा पहिलो खेल खेलेका करण केसीले १७ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १४ र ज्ञानेन्द्र कुवरले १० रन जोडे । बलिङ तर्फ विराटनगरका सन्दिप लामिछानेले तीन तथा जितेन्द्र मुखियाले दुई विकेट लिए ।

जवाफमा विराटनगरले सुरुवात खराव रहेपछि मिडिल अडरका खेलाडी विच राम्रो साझेदारी हुदा जित निकाल्न सफल भयो । उसले ११ ओभर पाच बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । २६ रनमा दुई विकेट गुमाइसकेको विराटनगरका लागि आशिफ शेख र दिपेन्द्रसिंह ऐरीले ६७ रनको साझेदारी गर्दै जित दिलाए । आशिफले ४६ रन बनाए भने दिपेन्द्रले २६ रनको योगदान गरे ।

१९ अतिरीक्त रन पाएको विराटनगरको जारी प्रतियोगितामा दोस्रो जित हो । कुल तीन खेलमा उसले एक खेल हारेको छ । यता अत्तरीयाले तीन खेलमा दुईमा हार र एकमा जित निकालेको छ । अब उसलाई नकआउट चरणमा पुग्न बाकि खेल जित्ने पर्ने दबाव छ । जारी प्रतियोगितामा विराटनगर लक्ष्य पक्ष्याएर जित निकाल्ने पहिलो टिम भएको छ । यसअघिका सात खेलमा पहिले ब्याटिङ गर्ने टिम विजयी हुदै आएका थिए । प्रतियोगितामा भोली रुपन्देही च्यालेञ्जर्स र काठमाडौ गोल्डेन्स तथा धनगढी टिम चौराहा र सिवाइसी अत्तरीया विच खेल हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News