Dhangadhi Premier League

अत्तरीयाले धनगढीलाई एक सय ४३ रनको लक्ष्य

धनगढी प्रिमियर लिगको अर्को खेलमा सिवाइसी अत्तरीयाले धनगढीलाई एक सय ४३ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित एसएसपी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ४२ रन बनायो । मध्यम सुरुवात गरेको अत्तरीयाले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको थियो । त्यसपछि दोस्रो विकेटका लागि प्रदिप ऐरी र रोशन नेपालीले ४६ रनको साझेदारी गर्दै टिमलाई अगाडी बढाए ।

उसका लागि दिलिप नाथले १३ तथा रोशनले ३२ रनको योगदान गरे । यस्तै ब्याटिङ अडरमा माथिल्लोक्रममा आएका प्रदिपले २६ रन जोडे । ९५ रन हुदा चार विकेट गुमाएको अत्तरीयाका लागि करण केसी र योगेन्द्रसिंह कार्कीले पाचौ विकेटका लागि ४७ रनको साझेदारी गर्न सफल भए । करणले २५ र योगेन्द्रले २७ रन बनाए । बलिङ तर्फ सौरभ खनालले दुई विकेट लिए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top