धनगढी प्रिमियर लिग, रुपन्देही च्यालेञ्जर्सले काठमाडौ गोल्डेन्सलाई एक सय ३६ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा रुपन्देही च्यालेञ्जर्सले काठमाडौ गोल्डेन्सलाई एक सय ३६ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेका रुपन्देहीले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३५ रन बनायो । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको रुपन्देहीका लागि शंकर राना र नुरध्वज सेनले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । नुरुध्वज ३७ रनमा पेभेलियन फर्किएपछि क्रिजमा आएका पुष्प थापाले पनि शंकरसंग २६ रनको साझेदारी गरेका थिए ।

शंकर १६ रनमा आउट भए भने पुष्पले ३६ रन जोडे । एक सय नौ रन हुदा पाच विकेट गुमाएको रुपन्देहीले बाकि २६ रन जोडदा अरु चार विकेट खेर फाल्यो । काठमाडौका लागि सोमपाल कामीले चार विकेट लिए । जारी प्रतियोगितामा अविजीत टिम रुपन्देहीले दुई खेलमा दुबै जित निकालेको छ । आजको खलमा जित निकाले नकआउट चरणमा स्थान बनाउने सम्भावना बलियो हुनेछ ।

Comments:

comments

About the author

News Staff