Dhangadhi Premier League National News

धनगढी प्रिमियर लिग, विराटनगर किङस पाच विकेटले विजयी

धनगढी प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङसले कञ्चनपुर आइकोनिकलाइ पाच विकेटले हराएको छ । जितसंगै विराटनगरले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कञ्चनपुर १७ ओभरमा ८० रनमा अलआउट भयो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सकेन । पाच रन हुदा पहिलो विकेट गुमाएको कञ्चनपुरले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको कञ्चनुरले ५८ रन हुदा ६ विकेट खेर फाल्यो । उसका लागि हसिम अन्सारीले २७ र कुशल भुर्तेले १९ रन बनाए । यस्तै आशिष पोखरेलले १० रन जोडे । कञ्चनपुरको पारीलाई धोस्त बनाउन सन्दिप लामीछाने र सुसिल कडेलले समान चार चार विकेट लिए ।

जवाफमा विराटनगरले नौ ओभर एक बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । विराटनगरको जितमा कप्तान सरद भेषवाकरले २८ तथा आकाश थापाले १२ र प्रनित थापामगरले ११ रन बनाए । २२ रन हुदा पहिलो विकेट गुमाएको विराटनगरले ६२ रन हुदा पाच विकेट गुमायो । कञ्चनपुरका लागि सागर पुनले पाच विकेट गुमाए । हारपछि कञ्चनपुर प्रतियोगिताबाट लगभग बाहिरीएको छ । चार खेलमा तीन हार र एक जीत निकालेको कञ्चनपुरले अब एक खेल मात्र खेल्न बाकि छ ।

Comments:

comments

About the author

News Staff

Latest News