धनगढी प्रिमियर लिग, कञ्चनपुर आइकोनिकले विराटनगर किङसलाई मात्र ८१ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा कञ्चनपुर आइकोनिकले विराटनगर किङसलाई मात्र ८१ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कञ्चनपुर १७ ओभरमा ८० रनमा अलआउट भयो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सकेन । पाच रन हुदा पहिलो विकेट गुमाएको कञ्चनपुरले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको कञ्चनुरले ५८ रन हुदा ६ विकेट खेर फाल्यो ।

उसका लागि हसिम अन्सारीले २७ र कुशल भुर्तेले १९ रन बनाए । यस्तै आशिष पोखरेलले १० रन जोडे । कञ्चनपुरको पारीलाई धोस्त बनाउन सन्दिप लामीछाने र सुसिल कडेलले समान चार चार विकेट लिए ।

Comments:

comments

About the author

News Staff

Latest News