Dhangadhi Premier League National News

धनगढी प्रिमियर लिग, अत्तरीया प्रतियोगिताबाट बाहिर

सिवाइसी अत्तरीयालाई पराजित गर्दै कञ्चनपुर आइकोनिकले धनगढी प्रिमियर लिगको प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ । आज भएको खेलमा कञ्चनपुरले अत्तरीयालाइ ६ विकेटले पराजित गरयो ।

धनगढीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरीयाले २० ओभरमा ८५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । दुई रनमा पहिलो विकेट गुमाएको अत्तरीयाले ४३ रन बनाउदा ६ विकेट खेर फालेको थियो । उसका कुनै पनि खेलाडीले राम्रो साझेदारी गर्न सकेन । उत्तरीयाका प्रदिप ऐरीले १९ रन बनाउदा ज्ञानेन्द्र कुवरले १५ रनको योगदान गरे । यस्तै दिलिप नाथ र सुरेन्द्र चन्दले १० रन थपे । बलिङ तर्फ कञ्चनपुरका लागि अविनाश कर्ण र सुनिल धमलाले तीन तीन विकेट लिए ।

जवाफमा कञ्चनपुरले १० ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसको जितमा सुनिल धमलाले २८ तथा सागर पुन र हसिम अन्सारीले समान २२–२२ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले अविजीत १६ रन थपे । ३७ रनमा पहिलो विकेट गुमाएको कञ्चनपुरले ८२ रनमा चार विकेट खेर फालेको थियो । तर झिनो लक्ष्यलाई कञ्चनपुरले सहजै पार गरयो । अब प्लेअफमा पुग्न कञ्चनपुरलाई भोली हुने धनगढी र रुपन्देही विचको खेलको नतिजा कुर्नुपर्ने भएको छ । यदि राम्रो रनरेटमा धनगढी विजयी भएमा रनरेटका आधामा प्लेअफमा पुग्ने दुई टिमको टुङगो लाग्नेछ । यता अत्तरीया भने प्रतियोगिताबाट बाहिरीएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News