Dhangadhi Premier League

रुपन्देही च्यालेञ्जर्सको लगातार दोस्रो जित, सिवाइसी अत्तरीयालाई ४२ रनले पराजित

धनगढी प्रिमियर लिगमा अहिले रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा रुपन्देहीले सिवाइसी अत्तरीयालाई ४२ रनले पराजित गरयो ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै एक सय २९ रन बनायो । निकै खराव सुरुवात गरेको रुपन्देहीले खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको थियो । २४ रन हुदा तीन विकेट खेर फालेको रुपन्देहीका पुष्प थापा २१ रनमा पेभेलियन फर्किदा ४१ रनमा चौथो विकेट गुमायो ।

त्यसपछि लगत्तै अन्तिम थापा पनि दोहोरो अंक जोडन नपाउदै आउट भएपछि रुपन्देहीले ४८ मा पाच विकेट खेर फाल्यो । त्यसपछि राजेश पुलामी र प्रकाश केसीले छैटौ विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । जसमा पुलामीले ३१ र प्रकाशले अविजीत २९ रन बनाए । अत्तरीयाले २८ अतिरीक्त रन दिएको थियो । बलिङ तर्फ प्रदिप ऐरी र विनोद लामाले दुई दुई विकेट लिए ।

जवाफमा फितलो सुरुवात गरेको अत्तरीया १९ ओभर चार बलमा मात्र ८७ रनमा अलआउट भयो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छु सके । दुई रन हुदा दुई किकेट खेर फालेको अत्तरीयाले ३८ रन हुदा पाच विकेट गुमाइसकेको थियो । तर अत्तरीयाको विकेट झर्ने क्रम रोकिएन र अन्तत ८७ रनमा अलआउट भयो ।

पहिलो खेलमा काठमाडौ गोल्डेन्सलाई हराएको अत्तरीयाका लागि आज कप्तान ज्ञानेन्द्र मल्लले ३० तथा विनोद लामाले १८ र अभिनाश बोहराले १४ रन बनाउदा बाकि खेलाडी एकोहोरो रुपमा आउट भए । अत्तरीयालाई कम स्कोरमा रोक्न शाहव आलमले चार तथा विक्रम सोबले दुई विकेट लिए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top