धनगढी प्रिमियर लिग, च्यारिटी म्याचमा टिकट विक्रिबाट करीव चार लाख रुपैया

धनगढी प्रिमियर लिगको उदघाटन खेलका रुपमा रहेको च्यारिटी म्याचमा चार हजार भन्दा बढी दर्शकको उपस्थिती रहयो । फाप्ला मैदानको निर्मँणका लागि रकम उठाउने उद्देश्यले आयोजना गरिएको खेलको टिकट विक्रिबाट करीव चार लाख रुपैया उठेको आयोजकले बताएका छन ।

धनगढीको सेती अञ्चल प्रहरीको क्रिकेट मैदानमा प्रचण्ड गर्मीका विच पनि राष्ट्रिय खेलाडीको खेल हेर्नेको बाक्लो भिड लाग्यो । खेलका लागि एक सय रुपैया टिकट मुल्य तोकिएकोमा करीव चार हजार दर्शकले टिकट काटेर खेल हेरेका थिए । सुदुरपश्चिममा क्रिकेटको क्रेज कति छ भन्ने राष्ट्रिय खेलाडीले पनि प्रत्यक्ष रुपमा देख्न पाए । दर्शकको सुविधाका लागि यसपटक भारतबाट अस्थाई प्याराफिट झिकाएर बस्न मिल्ने बनाइएको थियो ।

जसका कारण दर्शकले गर्मिमा पनि बसेर आनन्दले खेल हेर्न पाएका थिए । आजको खेलबाट उठेको रकमबाट खर्च कटाएर अन्तराष्ट्रिय स्तरको खेल मैदान बनाउने उद्देश्यका साथ सुरु भएको ड्रिम फाप्लाका लागि खर्च हुनेछ ।

यसका साथै भोली देखि औपचारीक रुपमा सुरु हुने खेलको टिकट बिक्रिबाट पनि उठेको रकमको १५ प्रतिशत फाप्ला मैदानका लागि छुटयाइने छ । यसपटकको प्रतियोगिताबाट फाप्ला मैदानका लागि राम्रो रकम उठाउने आयोजकको लक्ष्य रहेको छ । हाल निर्माणधिन फाप्ला मैदानको स्वरुप तयार पारिसकिएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News