धरैले आशा गरेको प्रतियोगिता डिपिएल भोली देखि

धनगढी देखी दुइ किलो मिटर पर पुगेपछि भारत संगको सिमाना आउछ । भारतमा क्रिकेट एकदमै लोकिप्रय भएका कारण सिमा संग जोडिएका स्थानहरुमा त्यसको प्रभाव ठुलो छ । तर यस पटक भने भारतमा भर्खरै सुरु भएको इन्डियन प्रिमियर लिगले धनगढीलाइ छोएन् । कारण यतिबेला सवै नेपाली खेलाडी र क्रिकेट प्रेमीलाइ धनगढी प्रिमियर लिगको रौनकले छोएको छ ।

भोली देखी सुरु हुने धनगढी प्रिमियर लिगले नेपाली क्रिकेटमा ब्यबसायिकताको सुरुवात गर्नेछ । अक्सनमा खेलाडीलाइ राखे संगै चर्चामा आएको डिपिएल अन्तत भोली नेपाल एघार र धनगढी एघार बीच हुने प्रदर्शनी खेल संगै सुरु हुनेछ । चर्चित आइपिएल हेरेर नेपालमा पनि यस्तै लिगको कल्पना गर्ने खेलाडीको सपना डिपिएलले पुरा गर्दैछ । लगानी र सेवा सुविधाका हिसावले आइपिएल संग डिपिएलको तुलना हुदैन । सुरुवात आफैमा सुखद पक्ष हो ।

त्यसैल पनि राष्ट्रिय टिमका प्रशिक्ष्ँक जगत टमाटा डिपिएलले नेपाली क्रिकेट विकाशमा ठुलो योगदान दिने बताउछन । यो प्रतियोगिताले खेलाडीका स्तरका साथै युवा खेलाडीलाई क्षमता देखाउने राम्रो मौका दिने टमाटा बताउछन ।

जिल्लामा पर्ने धनगढीका अहिलेको तापक्रम ३५ डिग्री भन्दा माथि छ । तर यो तापक्रमले खेलाडीको उत्साहमा कुनै कमी ल्याएको छैन् । राष्टिय खेलाडी देखी लिएर भर्खरै क्रिकेट करियर सुरु गरेका खेलाडी आफ्नो क्षमता देखाउन आतुर छन । अन्चल प्रहरीको खेल मैदानमा हुने लिग धेरै खेलाडीका लागि राष्टिय टिम सम्म पुग्ने आधार पनि हो । ६ वटा शरहको नाममा टिम तयार गरिएको छ ।

विराटनगर किंस, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, टिम चौराह र कंचनपुर आइनोकिले पहिलो संस्करणको डिपिएल च्याम्पियन हुनका लागि प्रतिस्पर्धा गर्नेछन । डिपिएलको अर्को बिषेशता पुरस्कार राशी पनि हो । विजेता टिमले १५ लाख पाउनेछ । जुन नेपाली क्रिकेटमा अहिले सम्मको सर्वाधिक पुरस्कार हो । आन्तरिक समस्यामा रुमलिएको नेपाल क्रिकेट संघ र सरकारी स्तर बाट नेपाली क्रिकेटको विकासका लागि पहल नभइरहेको समयमा स्थानिय स्तर बाट सुरु भएको डिपिएलले नया सस्कार ल्याएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News