Dhangadhi Premier League

धनगढी प्रिमियर लिग, टिम चौराहा धनगढीलाई एक सय ३५ रनको लक्ष्य

धनगढी प्रिमियर लिगमा अहिले विराटनगर किङसले टिम चौराहा धनगढीलाई एक सय ३५ रनको लक्ष्य दिएको छ ।

सेति अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले मध्यम सुरुवात गर्न सफल भयो । ३१ रन हुदा अमित श्रेष्ठलाई ब्यक्तिगत १९ रनमा गुमाएको विराटनगरले ३८ रन हुदा दोस्रो विकेट खेर फाल्यो । आशिफ शेख १० रनमा आउट भएपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरीपनि खाता खोल्न नपाउदै पेभेलियन फर्किए जसका कारण विराटनगरले ३८ रनमा नै तेस्रो विकेट गुमायो ।

त्यसपछि कप्तान शरद भेषवाकरले अविजिती ४६ र प्रनित थापामगरले २१ रनको योगदा गर्दै सम्मानजनक स्कोर तयार पारयो । चौराहाका लागि ललित राजबंशीले दुई तथा सुसान भारी, रामनरेश गिरी र आरिफ शेखले एक एक विकेट लिए ।

Most Popular

To Top