धनगढी प्रिमियर लिग, रुपन्देही च्यालेञ्जर्सले सिवाइसी अत्तरीयालाई एक सय ३० रनको लक्ष्य

धनगढी प्रिमियर लिगमा अहिले रुपन्देही च्यालेञ्जर्सले र सिवाइसी अत्तरीयालाई एक सय ३० रनको लक्ष्य दिएको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै एक सय २९ रन बनायो । निकै खराव सुरुवात गरेको रुपन्देहीले खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको थियो । २४ रन हुदा तीन विकेट खेर फालेको रुपन्देहीका पुष्प थापा २१ रनमा पेभेलियन फर्किदा ४१ रनमा चौथो विकेट गुमायो ।

त्यसपछि लगत्तै अन्तिम थापा पनि दोहोरो अंक जोडन नपाउदै आउट भएपछि रुपन्देहीले ४८ मा पाच विकेट खेर फाल्यो । त्यसपछि राजेश पुलामी र प्रकाश केसीले छैटौ विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । जसमा पुलामीले ३१ र प्रकाशले अविजीत २९ रन बनाए । अत्तरीयाले २८ अतिरीक्त रन दिएको थियो । बलिङ तर्फ प्रदिप ऐरी र विनोद लामाले दुई दुई विकेट लिए ।

पहिलो खेलमा रुपन्देहीेले कञ्चनपुर आइकोनिकलाई हराएको थियो भने अत्तरीयाले काठमाडौ गोल्डेन्सलाई पराजित गरेको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News