Dhangadhi Premier League

धनगढी प्रिमियर लिग, रुपन्देहीको अपराजित यात्रा कायमै

धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा विराटनगर किङसलाई ६१ रनले हराउदै रुपन्देहीले अपराजित यात्रा कायमै राखेको हो ।

अन्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ३२ रन बनाएको छ । तेस्रो ओभरमा टिमको स्कोर एघार रन हुदा ओपनर शंकर रानालाइ शुन्यमा गुमाएको रुपन्देहीको पारीलाइ अन्तिम थापा र कृष्ण कार्कीले सम्हालेका थिए । अन्तिम र कृष्णले छैटौ विकेटका लागि ४७ रनको साझोदारी गरेपछि रुपन्ददेहीले सम्मानजनक स्कोर बनाएको छ । अन्तिम ४५ रनमा अविजीत रहदा कृष्णले २२ रनको योगदान गरे ।

४१ बल खेलेका अन्तिमको पारीमा एक छक्का र पाच चौका सामेल थियो । यस्तै पुष्प थापाले १७ र हरिशंकर शाहले १४ रन बनाए । बलिङ तर्फ दिपेन्द्र सिंह ऐरीले दुइ विकेट लिए । पवन सराफ, किशोर महतो, शुसिल कंडेल, संदिप लामिछाने र शरद भेषावकरले एक एक विकेट बाडे । रुपन्देही डिपिएलको अपराजित टोली हो । दुवै टोली यसअघिनै प्ले अफ पुगीसकेका छन ।

जवाफमा विराटनगर १८ ओभर एक बलमा मात्र ७१ रनमा अलआउट भयो । उसका लागि कप्तान सरद भेषवाकरले ३४ रन बनाउदा बाकि खेलाडीले दोहोरो अंक जोडन सकेनन । दुई रनमा पहिलो विकेट गुमाएको विराटनगरले २३ रन हुदा पाच विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । जसका कारण मात्र ७१ रनमा अलआउट भयो । विराटनगरलाई कम स्कोरमा रोक्न शाहब आलमले चार तथा दिपेश श्रेष्ठ र कृष्ण कार्कीले तीन तीन विकेट लिए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top