Dhangadhi Premier League

धनगढी प्रिमियर लिग, विराटनगर किङसले टिम चौराहालाई २३ रनले हरायो

धनगढी प्रिमियर लिगमा घरेलु टिम चोराहा धनगढी पहिलो खेलमा नै पराजित भएको छ । आज भएको खेलमा विराटनगर किङसले टिम चौराहा धनगढीलाई २३ रनले हरायो ।

सेति अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३४ रन बनायो । ३१ रन हुदा अमित श्रेष्ठलाई ब्यक्तिगत १९ रनमा गुमाएको विराटनगरले ३८ रन हुदा दोस्रो विकेट खेर फाल्यो । आशिफ शेख १० रनमा आउट भएपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरीपनि खाता खोल्न नपाउदै पेभेलियन फर्किए जसका कारण विराटनगरले ३८ रनमा नै तेस्रो विकेट गुमायो ।

त्यसपछि कप्तान शरद भेषवाकरले अविजिती ४६ र प्रनित थापामगरले २१ रनको योगदा गर्दै सम्मानजनक स्कोर तयार पारयो । चौराहाका लागि ललित राजबंशीले दुई तथा सुसान भारी, रामनरेश गिरी र आरिफ शेखले एक एक विकेट लिए ।

जवाफमा चौराहा २० ओभरमा नौ विकेट गुमाउदा एक सय ११ रनमा समेटियो । पारस खडकाको कप्तानीमा रहेको चौराहाले खासै राम्रो सुरुवात गर्नसकेन । स्पिनरलाई राम्रो साथ दिएको पिचमा चौराहाले २१ रन हुदा पहिलो विकेट गुमायो । तर उसले ५० रन हुदा पाच विकेट खेर फाल्यो । यो विचमा राजु रिजालले १३ रन बनाए भने अनिल मण्डलले २४ रन थपे ।

मिडिल अडरका ब्याटसम्यान विच राम्रो साझेदारी नहुदा चौराहाले हार्न बाध्य भयो । चौराहाका लागि अमरसिंह रौतेलाले २६ र सौरभ खनालले १० रन बनाउदा अरु ६ खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्फ सुसिल कडेल र सरद भेषवाकरले तीन तीन तथा जितेन्द्र मुखिया र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

Most Popular

To Top