धनगढी प्रिमियर लिग, काठमाडौ गोल्डेन्सले चौराहालाई एक सय २४ रनको लक्ष्य

धनगढी प्रिमियर लिगको इलिमिनेटर खेलमा काठमाडौ गोल्डेन्सले धनगढी टिम चौराहालाई एक सय २४ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौ गोल्डेन्सले २० ओभरमा ६ विकेट गुमाउदै एक सय २३ रन बनायो । राम्रो सुरुवात गरेको काठमाडौले ४१ रन हुदा पहिलो विकेट गुमाएको काठमाडौले थप १९ रन जोडदा पाच विकेट गुमाइसकेको थियो । ओपनर सुविन्दु पाण्डे ११ रनमा पेभेलियन फर्किदा त्यसको लगत्तै क्रिजमा आएका कप्तान बसन्त रेग्मी खाता खोल्न नपाउदै आउट भए ।

त्यसपछि ओपनर नरेश बुढाऐर २९ रनमा पेभेलियन फर्किए भने सोमपाल कामी ६ रनमा बाहिरीए । तर छैटौ विकेटका लागि सुमित महर्जन र रोहित पौडेलले ५१ रनको साझेदारी गर्दै काठमाडौको पारीलाई सम्हाले । जसमा सुमितले ३१ रन बनाए भने रोहितले पनि ३१ रन बनाए । फितलो फिल्डिङ गरेको चौराहाले चार वटा क्याच मिस गर्दा १५ अतिरीक्त रन दिएको थियो । बलिङ तर्फ ललित राजबंसी र अमर रौतेलाले दुई दुई विकेट लिए ।

Comments:

comments

Latest News