धनगढी प्रिमियर लिग, अत्तरीया र काठमाडौ गोल्डेन्स विच प्रतिस्पर्धा

धनगढी प्रिमियर लिगको पहिलो खेलमा आज सिवाइसी अत्तरीया र काठमाडौ गोल्डेन्स विच प्रतिस्पर्धा हुदैछ ।

धनगढीको सेती अञ्चल प्रहरी मैदानमा हुने खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरीया र बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौ विच प्रतिस्पर्धा हुन लागेको हो । अत्तरीयाको टिमका मुख्य बलर मानिने करण केसी आजको खेलमा नखेल्ने भएका छ । पुर्ण रुपमा फिट नभएका कारण उनी आज बेन्चमा हुनेछन । दिलिप थान र ज्ञानेन्द्र मल्लले अत्तरीयाको पारीको सुरुवात गर्ने सम्भावना धरै रहेको छ । यो टिमका मुख्य खेलाडीमा प्रदिप ऐरी, महबुब आलम, सन्दिप सुनार छन भने बाकि खेलाडी अन्डर नाइन्टिन र स्थानियर स्तरका रहेका छन ।

यस्तै काठमाडौ गोल्डेन्समा धरै जसो खेलाडी युवा रहेका छन । प्रतियोगिता अगाडी गोरखपुरमा प्रशिक्षण गरेको टिममा नाम चलेका खेलाडीमा नरेश बुढाऐर, सन्दिप जोहरा, सोमपाल कामी, मञ्जित श्रेष्ठ, बसन्त रेग्मी छन । मैदानको पिट ब्याटिङलाई बढि सहयोग गर्ने भएकाले आजको खेल रोमाञ्चक हुने आशा गरिएको छ ।

Comments:

comments

About the author

News Staff