Dhangadhi Premier League

धनगढी प्रिमियर लिग, अत्तरीयाले काठमाडौ गोल्डेन्सलाई ४० रनले पराजित

धनगढी प्रिमियर लिगमा अत्तरीयाले जीतका साथ प्रतियोतिगा सुरु गरेको छ । आज भएको पहिलो खेलमा अत्तरीयाले काठमाडौ गोल्डेन्सलाई ४० रनले पराजित गरेको छ ।

धनगढीको सेती अञ्चल प्रहरी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरीयाले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ४६ रन बनायो । अत्तरीयाले चार रन हुदा ओपनर सन्दिप सुनुवार चार रनमा सोमपालको बलमा आउट भए । त्यसपछि २८ रन हुदा रोशन नेपाली ब्यक्तिग १० रनमा पेभेलियन फर्किए । लगतै अर्का ओपनर दिलिप नाथ पनि १५ रनमा आउट भएपछि अत्तरीयाले २९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लपनि सात रनमा रनआउट भएपछि अत्तरीयाले ४४ रनमा चौथो विकेट गुमाउदै दबावमा परयो । त्यसपछि योगेन्द्रसिंह कार्कीले ५७ र ज्ञानेन्द्र कुवरले ३४ रन जोडदा अत्तरीयाले सम्मानजनक स्कोर तयार पारयो । ४१ बल खेलेका कार्कीले सात चौका र एक छकका हिर्काएका थिए । उनले एउटा लाइफ पाएका थिए ।

सातौ ओभरमा मंजीत श्रेष्ठको बलमा सोमपालले योगेन्द्रको क्याच ड्रप गरेका थिए । जुन काठमाडौंका लागि घातक सावित भयो । योगेन्द्र जारी डिपिएलमा अर्ध हतक हिर्काउने पहिलो खेलाडी हुन् । प्रदिप ऐरी १३ रन बनाउदै अन्तिम समय सम्म क्रिवमा रहे । बलिङ तर्फ सोमपाल कामीले दुई विकेट लिए भने मञ्जित श्रेष्ठ, सन्तोष भट्ट र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।

जवाफमा बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौ १८ ओभर चार बलमा एक सय ६ रनमा अलआउट भयो । निकै खराव सुरुवात गरेको काठमाडौका लागि दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवाती पाच जना खेलाडीले दोहोरो अंक छुन नसक्दा काठमाडौले ३३ रनमा सात विकेट खेर फालेको थियो । त्यसपछि सन्तोष भट्ट र सोमपाल कामीले काठमाडौको पारीलाई सम्हाल्ने प्रयास गरेपनि सन्तोष ३१ रनमा पेभेलियन फर्किदा काठमाडौले आठौ विकेट गुमायो ।

सन्तोषले ३१ रन बनाए भने सोमपालले ४० रन बनाए । अन्तत काठमाडौ एक सय ६ रनमा अलआउट भयो । बलिङ तर्फ अत्तरीयाका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए ।

आजै हुने अर्को खेलमा रुपन्देही च्यालेञ्जर्स र कञ्चनपुर आइकोनिक विच प्रतिस्पर्धा हुनेछ ।

Most Popular

To Top