Dhangadhi Premier League National News

कञ्चनपुर आइकोनिकको लगातार दोस्रो हार, काठमाडौको पहिलो जित

कञ्चनपुर आइकोनिकले जारी डिपिएलमा लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा कञ्चनपुरलाई २४ रनले पराजित काठमाडौले पहिलो जित निकाल्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४७ रन बनायो । पहिलो खेलमा अत्तरीयासंग पराजित भएको काठमाडौले आज पनि खासै राम्रो सुरुवात भने गर्न सकेन । ५७ रन हुदा तीन विकेट गुमाएको काठमाडौका लागि नरेश बुढाऐरले १० तथा सुविन्दु पाण्डेले १९ र कप्तान बसन्त रेग्मीले १४ रन बनाए ।

त्यसपछि सुमित महर्जन नौ र मञ्जित श्रेष्ठ १६ रनमा आउट हुदा काठमाडौले ८९ रनमा पाच विकेट खेर फाल्यो । एक सय १३ रनमा सात विकेट गुमाएको काठमाडौका लागि अन्तिममा भुवन कार्की र सन्दिप जोहराले उकासे । जसमा भुवनले अविजीत ३६ रन बनाए । उनले १४ बलमा पाच चौका र दुई छक्का प्रहार गरे यस्तै सन्दिपले पाच बलमा १३ रन बनाए । बलिङ तर्फ अविनाश कर्णले तीन विकेट लिए ।

पहिलो खेलमा रुपन्देहीसंग हारेको कञ्चनपुरले काठमाडौ विरुद्ध २० ओभरमा नौ विकेट गुमाउदा एक सय २३ रन मात्र बनाउन सक्यो । कञ्चनपुरका लागि सागर पुनले ४० तथा हसीम अन्सारीले १८ र सुनिल धमलाले १४ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंक छुन सकेनन । ८४ रन हुदा मात्र तीन विकेट गुमाएको कञ्चनपुरले बाकि ३९ रन जोडदा छ विकेट गुमाउन पुग्यो ।

उसको मिडिल अडर पुर्ण रुपमा धोस्त भयो । कञ्चनपुरलाई कम स्कोरमा रोक्न बसन्त रेग्मी र सन्तोष भट्टले दुई विकेट लिए । कञ्चनपुर आइकोनिकले जारी डिपिएलमा लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा कञ्चनपुरलाई २४ रनले पराजित काठमाडौले पहिलो जित निकाल्यो । जीतपछि बसन्तले भुवनको प्रदर्शनको खुलेर तारिफ गर्दै योजना अनुसार टिमले खेलेको बताए । यता पराजित टिमका कप्तान विनोदले दुइ खेल हारेपनि लयमा फर्कने सक्ने धारणा राखे ।

Comments:

comments

About the author

News Staff

Latest News