Dhangadhi Premier League

धनगढी प्रिमियर लिग, टिम चौराहा प्लेअफमा पुग्ने चौथो टिम, कञ्चनपुर आइकोनिक र सिवाईसी अत्तरीया बाहिरीए

धनगढी प्रिमियर लिगमा अपराजित टिम रुपन्देही च्यालेञ्जर्सलाई हराउदै धनगढी टिम चौराहा प्रतियोगिताको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लिगको अन्तिम खेलमा राम्रो रनरेटमा जित्नुपर्ने दबावका साथ मैदानमा उत्रिएको चौराहाले रुपन्देहीलाई ६ विकेटले हरायो ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै ९१ रन बनायो । खराव सुरुवात गरेको रुपन्देहीले १६ रन हुदा पहिलो विकेट खेर फाल्दा थप तीन विकेट पनि एक रन जोडन नपाउदै गुमायो ।

जसमा कारण १६ रनमा चार विकेट गुमाएको रुपन्देहीले ४२ रनमा छ विकेट झार्न पुग्यो । उसका लागि अन्तिम थापाले ११ रन बनाउदा अन्तिममा प्रकाश केसीले उत्कृष्ट पारी खेल्दै टिमलाई उकासे । उनले ३४ बलमा अविजीत ४९ रन बनाए । प्रकाशले आरिफ सेखको अन्तिम ओभरमा २६ रन प्रहार गर्न सफल भए । बलिङ तर्फ ललित राजबंशीले चार विकेट लिए ।

जवाफमा ९२ रनको लक्ष्य चौराहालाई प्लेअफमा स्थान बनाउन १४ ओभर तीन बलमा पुरा गर्नुपर्ने अवस्थामा घरेलु टिमले ११ ओभरमा चार विकेट गुमाउदै पुरा गरयो । २१ रनमा पहिलो विकेट गुमाएको चौराहाका लागि कप्तान पारस खडकाले आक्रामक पारी खेले । उनले २१ बलमा सात चौका र दुई छक्को मद्दतले ४२ रन बनाए । यस्तै पृथु बास्कोटाले १५ र राजु रिजाल र अमर रौतेलाले समान १३–१३ रन बनाए । चौराहाले राम्रो रनरेटमा जित निकालेसंगै प्लेअफमा स्थान बनाएको छ । लिगको चौथो स्थानमा रहदै चौराहा प्लेअफमा पुगेको हो । यसका साथै प्लेअफमा पुग्ने टिममा रुपन्देही, विराटनगर र काठमाडौ बनेका छन । कञ्चनपुर आइकोनिक र सिवाईसी अत्तरीया प्रतियोगिताबाट बाहिरीएका छन । प्लेअफका खेलहरु बुधबार हुनेछन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top