नेपाल ११ र धनगढी ११ विच च्यारीटी खेल सुरु, नेपाल ११ ले ब्याटिङ गर्दै

धनगढी प्रिमियर लिगको उदघाटन खेलमा अहिले नेपाल ११ र धनगढी ११ विच च्यारीटी खेल भइरहेको छ ।

धनगढीको सेती अञ्चल प्रहरीको मैदानमा पारस खडकाको कप्तानीमा रहेको नेपाल ११ ले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । टिम चौराहाका समेत कप्तान रहेका पारस आजको खेलमा खेल्ने भएपछि बलिङ भने गर्नेछैनन । एपेन्डिक्सको सल्यक्रिया पछि आराममा रहेका पारस यसै प्रतियोगिताबाट पुन क्रिकेटमा फर्किदै छन ।

आजको खेलको टिकट विक्रिबाट उठेको रकम सबै खर्च कटाएर निर्माणाधिन फाप्ला मैदानका लागि खर्च गरिनेछ । एक करोड ६० लाख रुपैया खर्च रहेको प्रतियोगिताका मुख्य खेलहरु भोलिबाट हुनेछन । जसमा पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानी रहेको अत्तरीया र बसन्त रेग्मीको कप्तानी रहेको काठमाडौ गोल्डेन्स विच प्रतिस्पर्धा हुनेछ । विजेताले १५ लाख र उपविजेताले सात लाख रुपैया पाउनेछन ।

Comments:

comments

About the author

News Staff