Dhangadhi Premier League

धनगढी प्रिमियर लिगको उद्घाटन खेलको टिमको घोषणा

धनगढी प्रिमियर लिगको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने नेपाल–११ र धनगढी–११ टिमको प्लेइङ सेटको घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघ सग सहकार्य गरेर टिमको घोषणा गरेको हो ।

डिपिएलको उद्घाटन तथा च्यारीटी खेलमा नेपाल–११ को कप्तानी पारस खड्काले गर्नेछन् भने धनगढी ११ को कप्तानी पदम केसीले गर्नेछन् । केसी पूर्वराष्ट्र्रिय खेलाडी पनि हुन् । उनले यसअघि डिसिएलको तेस्रो सस्करणको च्याम्पियन टिम चौराहाको कप्तानी समेत गरेका थिए।

नेपाल ११ को टिममा पारसंगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सन्दिप लामिछाने, दिलीप नाथ, मेहबुब आलम,, अविनाश कर्ण, आशिफ सेख, आरिफ सेख र सुशान भारी छन्। टिमको मुख्य प्रशिक्षकमा जगत टमटा छन् भने व्यवस्थापकको जिम्मेवारी रमन शिवाकोटीले पाएका छन्।

त्यस्तै, धनगढी ११ को टिममा अन्डर नाइन्टिन टिमका खेलाडकिो बाहुल्यता रहेको छ । टिममा केसीसगै सुनील धमला, दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, भुवन कार्की जस्ता राष्ट्रिय खेलाडी छन् भने विजय राना, आयुव चन्द, नारायण जोशी, विक्रम ठगुन्ना, रोमन बम, रोशन अधिकारी, लोकेश बम, विपीन रावल र अमित पडालले धनगढी ११ बाट खेल्नेछन ।

यो खेलको खर्च कटाएर बचेको रकम फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण समितीलाई दिइनेछ । सो च्यारीटी खेलको टिकट रकम १ सय रूपैया तोकिएको छ ।

Most Popular

To Top