सुवास खकुरेल र करन केसीले धनगढी प्रिमियर लिग नखेल्ने

धनगढीमा आइतबार देखि हुने धनगढी प्रिमियर लिग दुई खेलाडीले नखेल्ने भएका छन । जसका राष्ट्रिय खेलाडी सुवास खकुरेल र करन केसी रहेका छन ।

रुपन्देही च्यालेञ्जर्सबाट डिपिएलका लागि अक्सनमा छनोट भएका सुवासले सुरुवातमा घरसायी कामका कारण सुरुवाती खेल नखेल्ने बताएपनि अन्तिममा ब्यक्तिगत कारण देखाउदै पुरै सिजन नखेल्ने भएका हुन । सुवासले बैसाखमा लगनगाठो कस्न लागेको बुझिएको छ । त्यसैले पनि उनले डिपिएलमा नखेल्ने निर्णय गरेका हुन । रुपन्देहीले सुवासलाई ८० हजार रुपैयामा खरिद गरेको थियो । ओपनर तथा विकेटकिपर खेलाडी सुवासको स्थानमा अर्को खेलाडीले लिनेछन ।

यस्तै केन्या विरुद्धको खेल अगाडी एपेन्डिक्सका कारण अस्पताल भर्ना भएका करण केसीले पनि यो प्रतियोगिता गुमाउने भएका छन । एपेन्डिक्सको सल्यकृयाका कारण पुर्ण रुपमा फिट नभएपछि उनले प्रतियोगितामा सहभागिता नजनाउने बताइएको छ । ज्ञानेन्द्र मल्लको कप्तानी रहेको अत्तरीया टिमले करणलाई एक लाख रुपैयामा खरिद गरेको थियो । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको अत्तरीया र बसन्त रेग्मीको काठमाडौ गोल्डेन्स विच प्रतिस्पर्धा हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News