रुपन्देही च्यालेञ्जर्सलाइ २९ रनले हराउदै विराटनगर किङस फाइनलमा

रुपन्देही च्यालेञ्जर्सलाइ २९ रनले हराउदै विराटनगर किङस धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउदै एक सय २८ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको विराटनगरले खाता खोल्न नपाउदै पहिलो विकेट गुमायो । त्यसपछि २२ रन हुदा विराटनगरले दोस्रो विकेट खेर फाल्यो । अमित श्रेष्ट दश रनमा पेभेलियन फर्किदा तेस्रो विकेटका लागि दिपेन्द्रसिह ऐरी र आशिफ शेखले ३९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर आशिफ ३० रनमा आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो । विराटनगरको स्कोर ७१ रन हुदा चौथो विकेट झरयो ।

राम्रो खेलिरहेका आशिफ शेख ३६ रनमा पेभेलियन फर्किए । उनले ४१ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनलाई जारी प्रतियोगितामा अहिलेसम्म धरै विकेट लिने युवा बलर शाहव आलमले पभेलियन फर्काए । त्यसको लगत्तै अनिल कुमार शाह चार बलमा आउट हुदा विराटनगरले ७६ रनमा पाचौ विकेट गुमायो । छैटौ विकेटका लागि शरद र प्रनित थापामगरले राम्रो साझेदारी गर्न खोजेपनि प्रनित मात्र तीन रनमा आउट हुदा विराटनगरको ६ विकेट गुम्यो । लगत्तै कप्तान शरद भेषावकर पनि २४ रनमा आउट भएपछि विराटनगरले सात विकेट खेर फाल्यो ।

शरदलाई आउट गरेका रुपन्देहीका कप्तान शक्ति गौचनले सोहि ओभरमा जितेन्द्र मुखियालाई पनि पेभेलियनको बाटो देखाएपछि विराटनरको आठ विकेट झरयो । अन्तिममा पवन सराफले १५ रन थप्दा विराटनगरले सम्मानजनक स्कोर तयार पारयो । बलिङ तर्फ शक्ति गौचनले तीन तथा दिपेश श्रेष्ठले दुई विकेट लिए ।

जवाफमा एक सय २९ रनको लक्ष्य पक्ष्याएको रुपन्देही १९ ओभर पाच बलमा ९९ रनमा रोकियो । उसको पनि सुरुवातमा नै विकेट झर्न पुग्यो । १३ रनमा दुई विकेट गुमाएको रुपन्देहीले ४३ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका लागि पुष्प थापाले २२ रन बनाउदा नुरद्धोज थापाले खाता खोल्न सकेनन भने हरीशंकर शाहले आठ रन बनाए । त्यसपछि रुपन्देहीले खातामा थप तीन रन जोडदा चौथो विकेट गुमायो । राजेश पुलामी मगर नौ रनमा आउट भए । लगत्तै अन्तिम थापा पनि पेभलियन फर्किदा रुपन्देही दबावमा परयो ।

त्यसपछि रुपन्देहीको स्कोर ५८ रन हुदा छैटौ विकेट झरयो । खेलाडी विच राम्रो साझेदारी हुन नसक्दा रुपन्देहीले ८८ रनमा सात विकेट गुमायो । १९ अतिरीक्त रन पाएको रुपन्देहीका लागि विक्रम सोबले २३ रन बनाए ।
लिग चरणमा चार जित निकालेको रुपन्देहीको पारीलाई प्लेअफमा कमजोर बनाउन सुसिल कडेलले चार तथा सन्दिप लामीछानेले दुई विकेट लिए ।

Comments:

comments

Latest News