Dhangadhi Premier League

फेरी एक पटक क्रिकेटमय बनाउन तयार धनगढी

आउदो आइतबार देखि धनगढीमा हुन लागेको बहुप्रतिक्षित धनगढी प्रिमियर लिगका लागि सबै पक्षको तयारी सम्पन्न भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्पुर्ण तयारी पुरा भएको र प्रतियोगिता भब्य रुपमा आयोजना गर्ने जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष सुबास शाहीले खेलाडी अफिसियल आउने क्रम सुरु भइसकेको र शनिबार सम्ममा सवै पुगीसक्ने बताए ।

चैत्र २७ देखि बैशाख ९गते सम्म हुने प्रतियोगिताको लागि देशभरीका बिभिन्न छ सहरवाट फ्रेन्चाईज गरेर प्रतियोगिताको लागि गत पुसमा नै अक्सन गरिएको थियो । ट्वान्टी ट्वान्टीको आधारमा हुने प्रतियोगिताको बिजेतालाई १५ लाख, उपबिजेतालाई सात लाख रुपैया प्रदान गरिनेछ । प्रतियोगिताको विजेताले पाउने विशेष ट्रफि भारतबाट झिकाइएको बताइएको छ ।

यस वाहेक प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार र म्यान अफ दि सिरिजलाई मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । दर्शककालागि पहिलो पटक अस्थाइ प्यारापिट समेत निर्माण गरीएको छ । खेलका लागि दुई महिना देखि पिच र मैदान बनाइएको थियो । प्रतियोगितामा टिकट बिक्री वाफ्त हुने आम्दानीको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काका छोरा छोरीको अध्ययनमा र १५प्रतिशत रकम निर्माणधीन फाप्ला क्रिकेट मैदानमा र १५ प्रतिशत रकम सहभागी टिमहरुलाई प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Most Popular

To Top