Dhangadhi Premier League

धनगढी प्रिमियर लिग, दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले कञ्चनपुरलाई एक सय ४६ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत नै भएको अर्को खेलमा रुपन्देही च्यालेञ्जर्स र कञ्चनपुर आइकोनिकलाई एक सय ४६ रनको लक्ष्य दिएको छ ।

धनगढीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ४५ रन बनायो । बलियो सुरुवात गरेको रुपन्देहीले पहिलो विकेटका लागि हरीशंकर शाह र शंकर रानाले ६० रनको साझेदारी गरेका थिए । तर त्यसपछि भने रुपन्देहीका खेलाडी विच खासै राम्रो साझेदारी हुन सकेन । रुपन्देहीका लागि हरीशंकरले ३३ तथा शंकरले १९ रन बनाए ।

तर त्यसपछिका तीन खेलाडी लगातार रुपमा आउट हुदा रुपन्देहीले ८७ रनमा पाच विकेट गुमायो । त्यसपछि कप्तान शक्ति गौचन पनि १६ रनमा पेभेलियन फर्किए । लगतै कृष्ण कार्की पनि खाता खोल्न नपाउदै आउट भए । रुपन्देहीका लागि प्रकाश केसीले २६ तथा विक्रम सोबले १५ रन जोडे । बलिङ तर्फ युवा बलर कुशल भुर्तेलले चार तथा अभिनाश कर्णले दुई विकेट लिए ।

Most Popular

To Top