Dhangadhi Premier League Domestic National News समाचार

धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक

भोलीबाट औपचारीक रुपमा सुरु हुने धनगढी प्रिमियर लिग डिपिएलको ट्रफी सार्वजनिक गरिएको छ । धनगढीमा विशेष कार्यक्रमको आयोजना गर्दै डिपिएलको ट्रर्फी सार्वजनिक गरिएको हो ।

टर्फी सार्वजनिक कार्यक्रममा ६ वटै टिमका कप्तान र टिम मालिकको उपस्थिती थियो । टिम चौराहाका कप्तान पारस खड्का, अत्तरियाका ज्ञानेन्द्र मल्ल, विराटनगर किंसका शरद भेषावकर, कंचनपुर आइकोनिकका विनोद भण्डारी, काठमाडौं गोल्डेन्सका बसन्त रेग्मी र रुपन्देही च्यालेन्सर्जका कप्तान शक्ति गौचन तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र निर्देशक धिरेन्द्र साउद सहितले ट्रर्फी सार्वजनिक गरेका थिए ।

टर्फी सार्वजनिक गर्दै सवै टिमका कप्तानले यो लिग हार जीत भन्दा पनि यति ठुलो क्रिकेट नेपालमा हुनु सकारात्मक भएको प्रतिकृया दिए । भोली नेपाल एघार र धनगढी एघार बीच च्यारिटी खेल हुनेछ । लिगका खेलहरु भने पर्सी बाट सुरु हुनेछन । च्यारिटी खेल पछि लिगको औपचारिक उद्घाटन हुनेछ । च्यारिटी खेल बाट उठेको रकम सवै खर्च कटाएर डिम फाप्लाको निमार्णमा खर्च गरिनेछ । प्रतियोगिताको पहिलो खेलमा ज्ञानेन्द्रको कप्तानीमा रहेको टिम अत्तरिया र बसन्तको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स बीच खेल हुनेछ । सुनको लेपन गरिएको ट्रफि भारतबाट झिकाइएको हो ।

Comments:

comments

About the author

News Staff

Latest News