International News

एसीसी इमर्जिङ कपको उपाधि श्रीलकांलाई, पाकिस्तान पाच विकेटले पराजित

बंगलादेशमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एशिया कपको उपाधि श्रीलकांले जितेको छ । फाइनलमा पाकिस्तानलाई पाच विकेटले हराउदै श्रीलंकाले उपाधि उचालेको हो ।

बंगलादेशको चिटगाउमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर एक बलमा एक सय ३३ रनमा अलआउट भयो । उसका लागि कुनैपनि खेलाडीले ३० आकडा छुन सकेनन । पाकिस्तानका लागि मोहम्मद रिजवान र उस्मा मिरले समान २६–२६ रन बनाए । यस्तै हामाद अजामले २५ रन थपे । श्रीलंकाका लागि सेहान जयशुर्याले तीन विकेट लिए ।

जवाफमा श्रीलंकाले २३ ओभर पाच बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । श्रीलंकाका लागि सादिराले ४५ तथा वानिदुले २२ र किथुरुवानले २० रन थपे ।

Most Popular

To Top