Dhangadhi Premier League

डिपिएलले निकालेको क्षमतावान युवा बलर

कुनै पनि देशको राष्ट्रिय टिम बलियो बनाउन घरेलु प्रतियोगिता मेरुदण्डका रुपमा लिइन्छ । नेपालमा भने घरेलु प्रतियोगिता थोरै मात्र हुने भएकाले राष्ट्रिय क्रिकेट टिमको बेन्च स्ट्रेन्थ साचेको जस्तो देखिदैन । तर धनगढीमा भएको डिपिएलले नेपाली क्रिकेटको स्वरुप नै परिवर्तन गरेको धेरैको बुझाइ छ । यहि प्रतियोगितामा युवा खेलाडीले आफनो क्षमता देखाउने सुनौलो मौका पाए ।

यस्तै लिगमा पनि एक युवा खेलाडीको प्रदर्शनले सवैलाइ लोभ्याएको छ । उनको नाम हो साहब आलम । शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सका यी स्पिनर डिपिएलमा इमर्जिङ प्लयेरका रुपमा देखिएका छन ।

रुपन्देही च्यालेन्जर्सलाई डिपिएलमा सहभागी ६ टिम अलि कमजोर टिमका रुपमा हेरिएको थियो । तर रुपदेही लगातार तीन खेलमा जीत हात पारेपछि प्ले अफमा पुग्ने पहिलो टिम बन्यो । स्टार खेलाडी नभएपनि रुपन्देहीले संतुलित प्रदर्शन गरिरहेको छ । रुपन्देहीको जीतमा मुख्य हतियार उसका बलर छन । जस मध्ये एक हुन बांया हाते स्पिनर साहब आलम । जारी लिगमा सिवाइसी अत्तरिया विरुद्धको पहिलो खेलमा साहबको उत्कृष्ट बलिङका कारण अत्तरियालाइ हराउन सफल भयो । नेपाली टिमका भेटन स्पिनर शक्तिले भैरहवाकै युवा खेलाडी साहब माथि विश्वास भएका कारण अक्सनमा आफनो टिममा लिएका थिए ।

पहिलो खेलमा म्यान अफ द म्याच समेत बनेका साहबको प्रदर्शन बांकी खेलमा पनि उत्तिकै सशक्त रह्यो । कंचनपुर आइकोनिम विरुद्धको दोस्रो खेलमा पनि उनले महत्वपुर्ण तीन विकेट लिए । काठमाडौं गोल्डेन्स संगको खेलमा दुइ ओभर मेडन राखेका साहबले विकेट पनि लिए । राष्ट्रिय टिम बाट नेपालको प्रतिनिधित्व गर्ने सपना बोकेका साहबले डिपिएलमा मौका दिएकोमा शक्ति तथा टिमलाइ धन्यवाद दिए ।

शक्तिलाइ हेरेर बल समाउन सिकेका साहबब नेपालको कुनै पनि टिमबाट खेलेका छैनन् । श्रीलङकामा भएको अन्डर नाइन्टिन एशीयाको कपमा उनी बैकल्पिक खेलाडीमा रुपमा रहेका थिए । कम बोल्ने स्वभावका साहबलाइ नेपाले राम्रो संग संरक्षण गर्न सके उनी भविष्यमा नेपाली टिमको मुख्य स्पिनर बन्न सक्छन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top