आइसीसीको बोर्ड बैठक सम्पन्न, एसोसियट मेम्बरहरुले दुई सय ८० मिलियन अमेरीकी डलर पाउने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बोर्ड बैठकले नया फाइनान्सियल मोडल पास गरेको छ ।

यूएइको दुबईमा बसेको बैठकले २०१४ मा तयार पारिएको मोडललाई परिमार्जित गर्दै नया मोडल पास गरेको हो । जसमा मुख्य आकर्षकको विषय क्रिकेट संघहरुले पाउने बार्षिक रकम रहेको छ । नया फाइनान्सियल मोडल अनुसार २०१६ देखि २०२३ सम्मको बार्षिक रेभिन्यु अनुसार भारतीय क्रिकेट बोर्डले सबै भन्दा धेरै दुई सय ९३ मिलियन अमेरीकी डलर पाउने भएको छ ।

यस्तै इग्ल्याण्ड क्रिकेट बोर्डले एक सय ४३ मिलियन डल, जिम्वावेले ९४ मिलियन डलर पाउनेछन । बाकि सात फुल मेम्बरले एक सय ३२ मिलियन डलर पाउने भएका छन । यस्तै एसोसियट मेम्बरहरुले दुई सय ८० मिलियन अमेरीकी डलर पाउने भएका छन । नया फाइनान्सियल मोडलको समर्थनमा १३ भोट आएको थियो ।

यसका साथै आइसीसीको नया संविधान पनि पास गरिएको छ । यसको समर्थनका लागि १२ भोट झरेको थियो भने असमर्थनमा दुई भोट थियो ।

Comments:

comments

About the author

News Staff

Latest News