क्यानको नया विधानमा सल्लाहकार र निर्वाचित समुह विच विवाद, नेपालको निलम्बन फुकुवा हुने सम्भावना लम्बिदै

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बनमा परेको नेपाली क्रिकेट चाडै फुकुवा हुने आशामा रहेका धेरै समर्थकलाई निराशाको खवर आएको छ । किनकी आइसीसीले गठन गरेको सल्लाहकार समितीमा संघको प्रस्तावित विधान व्यवस्थाबारे विवाद देखिएको छ ।

केहि साता अगाडी आइसीसीका पदाधिकारी नेपाल आएर सल्लाहकार समितीसंग छलफल गर्दा चाडै नेपालको निलम्बन फुकुवा हुनसक्ने सम्भावना बढेको थियो । तर, निर्वाचित क्यान र अर्को समूहबीच नया निर्वाचन नहुदासम्म कसले नेतृत्व गर्ने भन्ने विवाद देखिएको छ । सल्लाहकार समूहमा पेश भएको विधान मस्यौदामा सल्लाहकार समूहलाई तदर्थ समितिमा परिणत गर्ने प्रस्ताव गरिएको छ ।

तर, चतुरबहादुर चन्द समूहले निर्वाचित क्यानलाई नै तदर्थ समूह बनाउनु पर्ने अडान लिएपछि विवाद सुरु भएको छ । चन्द समुहले अहिलेको संरचनालाई खारेज गरे तदर्थ समिती बनाउनुपर्ने र सल्लाहकार समितीले बनाउको विधान निर्वाचित समुहको साधारण सभाबाट अनुमोदन गर्नुपर्ने दावी गरेका छन ।

यसका साथै चन्द समुहले अहिले क्यानसंग सम्बन्धीत जिल्लालाई कसरी अगाडी लाने भनेर प्रतिप्रश्न गरेका छन । सल्लाहकार समूहमा केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने सहमति भएको छ । जिल्लामा मापदण्ड बनाएर मात्र सदस्य दिनेमा पनि सहमति जुटेको छ ।

तर, जिल्लाको मताधिकारबारे अझै अन्योल कायमै छ भने चन्द समूहले पहिले जस्तै साधारणसभामा जिल्ला संघको प्रतिनिधि अनिवार्य हुनुपर्ने अडान लिएका छन ।
आईसीसीले आगामी जुनमा हुने बोर्ड बैठकअघि नै नेपालमा सहमति होस् भन्ने चाहेको छ । तर विधानका विषयमा निष्कर्षमा नपुगे नेपालको निलम्बन फुकुवाको सम्भावना अझै निकै टाढा देखिएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News