नेपाली क्रिकेट खेलाडीले नपाएको १६ महिनाको तलव आइसीसीले दिने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बोर्ड बैठकले नेपाली क्रिकेट खेलाडीको सम्झौता रकम दिने निर्णय गरेको छ । दुबईमा बसेको आइसीसीको बोर्ड बैठकले १६ महिना देखि बाकि रहेको खेलाडीको तलव उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल क्रिकेट संघले २४ खेलाडीलाई चार समुहमा विभाजन गरेर सेन्ट्रल कन्ट्रयाक्ट गरेको थियो । तर चार महिना पनि नपुग्दै क्यान निलम्बनमा परेपछि खेलाडीले रकम पाउन सकेका थिएनन । सम्झौता अनुसार ए ग्रेडमा पर्ने खेलाडीले ३५ हजार बी ग्रेडका ले २५ हजार र सी ग्रेडकाले १५ र डी ग्रेडकाले पाच हजार रुपैया पाउनुपर्ने थियो ।

तर १६ महिना पुग्दा पनि खेलाडीले रकम नपाएपछि आइसीसी आफैले रकम दिने भएको छ । जस अनुसार ए ग्रेडमा रहेका छ खेलाडीले प्रतिब्यक्ति करीव पाच लाख ५० हजार रुपैया पाउनेछ । यसका साथै आइसीसीले नया फाइनान्सियल मोडल पास गरेको छ । २०१४ मा तयार पारिएको मोडललाई परिमार्जित गर्दै नया मोडल पास गरेको हो । जसमा मुख्य आकर्षकको विषय क्रिकेट संघहरुले पाउने बार्षिक रकम रहेको छ । नया फाइनान्सियल मोडल अनुसार २०१६ देखि २०२३ सम्मको बार्षिक रेभिन्यु अनुसार भारतीय क्रिकेट बोर्डले सबै भन्दा धेरै दुई सय ९३ मिलियन अमेरीकी डलर पाउने भएको छ ।

Comments:

comments

About the author

News Staff