International News समाचार

पुर्णले मुम्बइ इन्डियन्सलाई सात विकेटले हरायो, आज गुजरात लायन्स र कोलकाता नाइट राइडर्स

इन्डियन प्रिमियर लिग अन्तर्गत आज गुजरात लायन्स र कोलकाता नाइट राइडर्स विच प्रतिस्पर्धा हुने भएको छ । गएराति भएको खेलमा राइजिङ पुर्णले मुम्बइ इन्डियन्सलाई सात विकेटले हरायो ।

पुर्णको घरेलु मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ८४ रन बनाएको थियो । उसका लागि जोस बटलरले ३८, हार्दिक पाण्डेले ३५ तथा नितेश रानाले ३४ रन बनाए । पुणेको लागि बलिङ तर्फ इमरान ताहिरले तीन विकेट लिए ।

जवाफमा पुणेले एक बल बाकि हुदा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । पुणेको जितेमा कप्तान स्टिभ स्मिथले अविजीत ८४ तथा अजिन्क्या राहानेले ६० रन बनाए । यस्तै बेन स्टोकले २१ रन थपे ।

Comments:

comments

About the author

News Staff

Latest News