भोली देखि सुरु हुने आइपिएलमा घाइते खेलाडी को को

इन्डियन प्रिमियर लिगको १०औं संस्करण भोली देखि भारतमा सुरु हुँदैछ । तर यसपटकको आइपिएलमा केहि स्टार खेलाडी सुरुवाती चरणमा मैदानमा देखिने छैनन । जसमा धरै जसो खेलाडी भारतका रहेका छन ।

आइपिएलमा अनुपस्थिति रहने स्टार खेलाडीमा सबैभन्दा अगाडि कप्तान विराट कोहलीको छ । अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टमा काँधमा चोट बोकेका विराट अहिलेसम्म फिट देखिएका छैनन् । चोटकै कारण चौथो टेस्ट पनि गुमाएका विराट आइपिएलमा पनि सुरुवाती चरणमा देखिने छैनन । सनराइजर हैदराबाट विरुद्ध पहिलो खेल खेल्न लागेको बैङलोरमा विराट नहुने भएपछि टिमको कप्तान सेन वाटसनले गर्नेछन ।

बैङ्लोरका कप्तान विराट मात्र होइन, अर्का खेलाडी केएल राहुल पनि यो सिजन खेल्न नपाउने भएको छन । राहुलको पनि काँधमा चोट लागेका कारण टिमबाट बाहिरीएका छन । यस्तै, टाढको समस्याका कारण दक्षिण अफ्रिकी स्टार खेलाडी एबी डिभिलियर्स पनि सुरुवाती केहि खेल गुमाउने छन ।

बैङलोर जस्तै राइजिङ पूणे सुपरजायन्टका स्टार अफ स्पिनर रविचन्द्रन अश्विन र टेस्टमा प्रारम्भिक ब्याट्सम्यानको भूमिका निर्वाह गर्ने किङ्स इलेभेन पञ्जावका मुरली विजय पनि आइपिएलको केही खेलबाट बाहिर रहनेछन । अश्विन हर्नियाको अपरेशनका कारण ६ साता बाहिर रहने बताइएको छ । अश्विनसँगै एउटै टिममा रहेका मिचेल मार्श पनि चोटका कारण बाहिरिने छन ।

यस्तै, अस्ट्रेलियाविरुद्धको शृंखलामा उत्कृष्ट खेलाडी घोषित भएका रवीन्द्र जडेजा र तीब्र बलर उमेश यादव पनि चोटका कारण सुरुवातको खेलमा बाहिरिन हुने सम्भावना उच्च छ । दुवै खेलाडीलाई २ साता आराम गर्न फिजियोले सुझाव दिएका छन । गुजराज लायन्सका अलराउन्डर जडेजाको औलामा चोट लागेको छ । यस्तै, कोलकाता नाइटराइडर्सका तीब्र बलर यादवको हिपमा चोट छ ।

दिल्ली डेयरडेभिल्सका विदेशी खेलाडी दक्षिण अफ्रिकी जेपी डुमेनीले यसअघि नै आइपिएल गुमाउने पक्का भइसकेको छ । त्यसमा क्विन्टन डि कोक पनि चोटका कारण सुरुवातको खेलमा मैदानमा देखिने छैनन् ।

Comments:

comments

About the author

News Staff

Latest News