International News

मुम्बइ इन्डियन्सले कोलकाता नाइटराइडर्स माथि चार विकेटको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिगमा आज पञ्जाव र रोयल च्यालेञ्जर्स बैङलोर विच प्रतिस्पर्धा हुनेछ । यसै विच गएराति भएको खेलमा मुम्बइ इन्डियन्सले कोलकाता नाइटराइडर्स माथि चार विकेटको रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान बाङखडे स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलाकाताले २० ओभरमा सात विकेट गुमाउदै एक सय ७८ बनायो । कोलकाताका लागि मनिश पाण्डेले अविजीत ८१ रन बनायो भने क्रिस लियोनले ३२ रन जोडे । यस्तै कप्तान गौतम गम्भिरले १९ र शुर्यकुमार यादवले १७ रन थपे । बलिङ तर्फ मुम्बईका र्कुनल पाण्डेले तीन तथा लसित मालिङगाले दुई विकेट लिए ।

जवाफमा मुम्बईले एक बल बाकि हुदा छ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । आक्रामक सुरुवात गरेको मुम्बईका लागि नितिश रानाले ५० तथा पार्थिभ पटेलले ३० र हार्दिक पाण्डेले २९ रन बनाए । अन्तिम ओभरमा ११ चाहिएकोमा कोलकाताले हार्दिक पाण्डेको विकेट ड्रप गर्दा अन्तिम पाण्डेले नै टिमलाई पहिलो जित दिलाए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top