इन्डियन प्रिमियर लिग, मुम्बइ इन्डियन्स सुपर ओभरमा विजयी

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा मुम्बइ इन्डियन्स सुपर ओभरमा विजयी भएको छ । जितसंगै मुम्बइले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

राजकोटमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ५४ रनको लक्ष्य दिएको थियो । उसका लागि इसान किसनले ४८ तथा रविन्द्र जडेजाले २८ र एन्ड्रु तायले २५ रनको योगदान गरे । बलिङ तर्फ मुम्बइका क्रुनाल पाण्डेले तीन तथा लसित मालिङगा र जसप्रित बुम्राहले दुई दुई विकेट लिए ।

जवाफमा मुम्बइ २० ओभरमा एक सय ५३ रनमा नै अलआउट भएपछि खेल टाइ भएको थियो । मुम्बइका लागि पार्थिभ पटेलले ७० क्रुनाल पाण्डेले २९ र नितेश रानाले १९ रन बनाए । बलिङ तर्फ गुजरातका बासिल थाम्पिले तीन विकेट लिए ।

Comments:

comments

About the author

News Staff

Latest News