International News

इन्डियन प्रिमियर लिग, राइजिङ पुणे विजयी

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा राइजिङ पुणे विजयी भएको छ । प्रतियोगितामा चौथो जित निकाल्ने क्रममा पुणेले मुम्बइ इन्डियन्सलाई तीन रनले हरायो ।

मुम्बइको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६० रन बनायो । उसका लागि राहुल त्रिपाठीले ४५ तथा अजिन्क्या राहानेले ३८ रन बनाए । यस्तै मनोज तिवारीले २२ रनको योगदान गरे ।

जवाफमा मुम्बई २० ओभरमा आठ विकेट गुमाउदा एक सय ५७ रनमा रोकियो । उसका लागि कप्तान रोहित शर्माले ५८ तथा पार्थिब पटेलले ३३ रन बनाए । यस्तै जोस बटलरले १७ रन जोडदा हार्दिक पाण्डेले १३ रन जोडे पनि टिमलाई हारबाट बचाउन सकेनन ।

Click to comment

Leave a Reply

Your email address will not be published.

Most Popular

To Top